यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षार्थ खटिने कुकुरको पूजा गरी पक्वान्न खान दिएर कुकुर तिहार मनाइएको छ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास रहिआएको छ।
वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमासमेत स्थापित भएको छ। मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ।
यसैबीच कुकुर तिहारकै अवसरमा नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका कुकुरको विशेष रूपमा पूजा गरेको छ। नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा–अर्चना गरेको हो।
तस्बिरहरूः
-1699765379.jpg?timestamp=1699765380916)
-1699765379.jpg?timestamp=1699765380916)
-1699765378.jpg?timestamp=1699765380916)
-1699765378.jpg?timestamp=1699765380916)
-1699765378.jpg?timestamp=1699765380916)
-1699765378.jpg?timestamp=1699765380916)
-1699765377.jpg?timestamp=1699765380916)
-1699765377.jpg?timestamp=1699765380916)
-1699765376.jpg?timestamp=1699765380916)
-1699765376.jpg?timestamp=1699765380916)
-1699765376.jpg?timestamp=1699765380916)
-1699765376.jpg?timestamp=1699765380916)
-1699765375.jpg?timestamp=1699765380916)
-1699765375.jpg?timestamp=1699765380916)
-1699765374.jpg?timestamp=1699765380916)
-1699765374.jpg?timestamp=1699765380916)
