काठमाडौं महानगरपालिकाले बालाजुस्थित विष्णुमती पुलमा फूल रोपेको छ।
पुल सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत अहिले पुलमा फूलहरू रोप्ने र राख्ने काम भइरहेको काठमाडौं महानगरपालिका हरियाली प्रवर्द्धन कार्यक्रमका प्रमुख नवराज थापाले बताए।
'अहिले महानगर क्षेत्रका सबै पुलहरू सौन्दर्यीकरण गर्ने काम भइरहेको छ,' उनले भने, 'सोही कार्यक्रम अन्तर्गत विष्णुमती पुलमा फूल रोप्ने कार्य भइरहेको हो।'
यस्तै, कुन कुन स्थानमा रहेका पुलहरू सौन्दर्यीकरण गर्न सकिन्छ भनेर हेर्ने काम समेत भइरहेको उनले बताए।
थापाका अनुसार पुल सौन्दर्यीकरण कार्यक्रमका लागि एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यसअघि बानेश्वरस्थित बिजुली बजारमा पनि महानगरपालिकाले गमला राखेर फूल रोपेको थियो।
हेर्नुहोस् तस्बिरहरूः
-1702450917.jpg?timestamp=1702451680465)
-1702450916.jpg?timestamp=1702451680465)

-1702450915.jpg?timestamp=1702451680465)

-1702450914.jpg?timestamp=1702451680465)
-1702450916.jpg?timestamp=1702451680465)
-1702450917.jpg?timestamp=1702451680465)
-1702450914.jpg?timestamp=1702451680465)
-1702450914.jpg?timestamp=1702451680465)
-1702450914.jpg?timestamp=1702451680465)
-1702450913.jpg?timestamp=1702451680432)