नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात् योमरी पूर्णिमा र ज्यापु दिवस मंगलबार मुलुकभर उल्लासका साथ मनाइँदैछ।
हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्हिः मनाउने गर्छन्।
यस्तै आजकै दिनलाई काठमाडौंका नेवार समुदायले ज्यापू दिवसको रूपमासमेत मनाउने गरेका छन्।
काठमाडौंमा मंगलबार नेवार समुदायले यःमरी पुन्हि तथा ज्यापु दिवसको र्याली निकालेर मनाए। ज्यापु दिवसको अवसरमा यःमरिसहितको र्याली निकालिएको थियो।
नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो। निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापु संस्कृति हो।
नेवारी समूदायको समेत मूल संस्कृतिको रूपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापु दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिँदै आएको छ।
तस्बिरहरू:
-1703566243.jpg?timestamp=1703566300608)
-1703566243.jpg?timestamp=1703566300608)
-1703566242.jpg?timestamp=1703566300608)
-1703566242.jpg?timestamp=1703566300608)
-1703566241.jpg?timestamp=1703566300608)
-1703566241.jpg?timestamp=1703566300608)
-1703566241.jpg?timestamp=1703566300608)
-1703566241.jpg?timestamp=1703566300608)
-1703566240.jpg?timestamp=1703566300608)
-1703566240.jpg?timestamp=1703566300608)
-1703566239.jpg?timestamp=1703566300608)
-1703566239.jpg?timestamp=1703566300608)
-1703566238.jpg?timestamp=1703566300608)
-1703566238.jpg?timestamp=1703566300608)
-1703566238.jpg?timestamp=1703566300608)
-1703566237.jpg?timestamp=1703566300608)
-1703566765.jpg?timestamp=1703567139110)
-1703566765.jpg?timestamp=1703567139110)
-1703566764.jpg?timestamp=1703567139110)
-1703566764.jpg?timestamp=1703567139110)