काठमाडौंको पशुपति क्षेत्रबाट गाँजा कारोबारीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको लागुऔषध नियन्त्रण व्युरोको टोलीले बिहीबार पशुपति क्षेत्रबाट गाँजाका कारोबारीहरूलाई नियन्त्रणमा लिएको हो।
८ सय ३८ ग्राम गाँजासहित ९ जनालाई नियन्त्रणमा लिइएको लागु औषध व्युरोका प्रहरी निरीक्षक पुष्कर कार्कीले जानकारी दिए।
तीमध्ये गौशाला चौकी पछाडिको जंगलबाट दुई जनालाई नियन्त्रणमा लिइएको थियो। उनीहरूको साथबाट ७३४ ग्राम गाँजा बरामद भएको प्रहरीको भनाइ छ।
पक्राउ परेकामध्ये चार जनालाई प्रहरीले तारेखमा छाडिएको र पाँच जनालाई भने थप अनुसन्धानका लागि गौशाला चौकीमा बुझाइएको व्युरोले जनाएको छ।
तस्बिरहरू:
-1704970795.jpg)
-1704970794.jpg)
-1704970794.jpg)
-1704970794.jpg)
-1704970792.jpg)
-1704970793.jpg)
-1704970793.jpg)
-1704970792.jpg)
-1704970792.jpg)
-1704970791.jpg)
-1704970791.jpg)
-1704970790.jpg)
-1704970790.jpg)