कार्टुनिष्ट रवि मिश्रले काठमाडौंमा एकल कार्टुन प्रदर्शनी गरेका छन्।
नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा मिश्रले बिहीबारदेखि 'डिपेक्सन' नाम दिएर १० दिने प्रदर्शनी सुरू गरेका हुन्।
नयाँ पत्रिकामा कार्यरत मिश्रले १७ वर्षदेखि विभिन्न अखबार र म्यागेजिनमा करिब ३ हजार कार्टुन प्रकाशित गरिसकेका छन्।
उनले पहिलो पटक एकल प्रदर्शनी गरेका हुन्।
पत्रपत्रिकामा प्रकाशित भएका विभिन्न कार्टुनमध्ये केही प्रदर्शनीमा राखिएका छन्।
उमोजा क्याफेका निर्देशन लिलाराम खड्काले पत्रिका र आर्ट ग्यालरीमा देखाइँदै आएको कार्टुनलाई नियमित स्पेसबाट बाहिर ल्याउने प्रयास रहेको बताए।
'कार्टुनिष्ट क्लब अफ नेपाल' का महासचिवसमेत रहेका मिश्र व्यङ्ग चित्र र लेखनसमेत गर्छन्।
तस्बिरहरू:
-1705650698.jpeg)
-1705650698.jpeg)
-1705650698.jpeg)
-1705650698.jpeg)
-1705650697.jpeg)
-1705650697.jpeg)
-1705650697.jpeg)
-1705650697.jpeg)
-1705650695.jpeg)
-1705650695.jpeg)
-1705650695.jpeg)
-1705650695.jpeg)
-1705650694.jpeg)
-1705650694.jpeg)