ललितपुरको नख्खु दोबाटोमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो साढे १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
बा ४ ख १०४ नम्बरको बसले प्रदेश १-०२-०५१ प ३८५० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्करबाट राइड सेयरिङ एपका चालक महालक्ष्मी नगरपालिका वडा नम्बर ९ लामाटार बस्ने ४५ वर्षीय भोपाल अधिकारी र भक्तपुर बोडे बस्ने ४६ वर्षीया सबिता थापा घाइते भएका थिए।
उनीहरू दुबै जनालाई अल्का अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा सबिता थापाको मृत्यु भएको एसपी सुवेदीले बताए।
प्रहरीले बलका चालकलाई नियन्त्रणमा लिएको छ। यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।