नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की तोकिएका छन्।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
उनलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने प्रधान कार्यालयले जनाएको छ।
यसअघि भीम ढकाल प्रवक्ता थिए। उनको एआइजीमा बढुवा भएसँगै प्रवक्ता फेरिएका हुन्।