त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत भूगोल केन्द्रीय विभागमा क्षमता अभिवृद्धि भू-उपग्रह दूर संवेदन तालिम सञ्चालन भएको छ।
तालिम जेठ १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ।
तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्क केसीले विश्वविद्यालयमा हुने अनुसन्धानको क्षेत्रमा भूगोल केन्द्रीय विभाग एक विशिष्ट स्थानमा भएको तथा यसले सामाजिक विज्ञान र प्राकृतिक विज्ञानलाई जोड्ने पुलको काम गरेको बताए।
साथै वर्तमान सूचना प्रविधिको युगमा यस्तो दूर संवेदन जस्तो गहन विषयको तालिम सञ्चालन हुनु निकै गर्वको विषय भएको बताए।
त्यस्तै, कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष एवं विभागका विभागीय प्रमूख प्रा. डा. उमेश कुमार मण्डलले भूस्थानिक सूचनाको उच्चतम प्रयोग गर्दै आफ्ना प्राज्ञिक अध्ययन एवं अनुसन्धानमा दूर संवेदनको तालिमले निकै महत्त्वपूर्ण भूमिका खेल्ने तथा यसबाट भरपुर लाभान्वित हुन तालिममा उपस्थित सहभागीहरूलाई अनुरोध गरे।
तालिमको उद्घाटन सत्र विभागका उपप्राध्यापक शेर बहादुर गुरूङको कार्यक्रम सञ्चालन, विभागीय प्रमुख प्रा.डा. उमेश कुमार मण्डलको अध्यक्षता, सह प्रा.डा. पुष्पा शर्माको स्वागत मन्तव्य तथा विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्क केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
तालिममा २० जना सहभागी छन्।