चुरे संरक्षणको माग गर्दै २५ दिन हिँडेर सप्तरीका मानिसहरू काठमाडौं आइपुगेका छन्।
चुरे तथा वनजंगल संरक्षण गर्नुपर्ने माग राख्दै सप्तरीको भारदह्रदेखि चितवन हुँदै काठमाडौंसम्म हिँडेर २४ जना बुधबार काठमाडौं आइपुगेका हुन्।
उनीहरूले वैशाख १६ देखि यात्रा सुरू गरेका थिए।
चुरे अतिक्रमण र दोहनले खानेपानीको अभाव हुँदै गएको र वातावरण तापक्रम न्यूनतमा बढ्दै गएकाले संरक्षणका लागि हिँडेको चुरे अभियानका संयोजक सुनिल यादवले जानकारी दिए।
'चुरे भए पानी, पानी भए हामी' भन्ने नाराका साथ उनीहरू बाल्टिन बोकेर काठमाडौं आएका छन्।
उनीहरूलाई अभियन्ता दीपक यादवले नेतृत्व गरेर ल्याएका हुन्। उनीहरू अहिले माइतीघर मण्डलमा बसेर प्रदर्शन गरिरहेका छन्।
चुरे अतिक्रमण र फडानी गर्दा आसपासका जिल्लाहरूमा पानीको मुहान सुकिरहेको थियो। यसबारे स्थानीय सरकार, प्रदेशलाई पटकपटक खबर गर्दा नसुनेपछि हिँडेर आउन बाध्य भएको अभियन्ता इन्द्रजीत साफी बताउँछन्।
'चुरे वन फडानीले दुई वर्षदेखि स्थानीयले पानीको अभाव झेल्दै आएका छन्,' उनले भने, 'जंगलको मुहानहरू सब सुके।'
सरकारले आसपासका बस्तीहरूमा पर्ने असरबारे अध्ययन नै नगरी वन फडानी गरेको उनीहरूको भनाइ छ। वन हराभरा हुँदा सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, मोरङका जिल्लाहरूमा पानीको कुनै समस्या थिएन। अहिले त्यहाँका स्थानीयहरूले पिउने पानी समेत अभाव भएको अभियन्ता साफी बताउँछन्।
तस्बिरहरू:
![pani-(7)-1716444178.jpg](https://www.setopati.com/uploads/posts/pani-(7)-1716444178.jpg)
![pani-(10)-1716444179.jpg](https://www.setopati.com/uploads/posts/pani-(10)-1716444179.jpg)
![pani-(5)-1716444178.jpg](https://www.setopati.com/uploads/posts/pani-(5)-1716444178.jpg)
![pani-(6)-1716444178.jpg](https://www.setopati.com/uploads/posts/pani-(6)-1716444178.jpg)
![pani-(7)-1716444178.jpg](https://www.setopati.com/uploads/posts/pani-(7)-1716444178.jpg)
![pani-(8)-1716444178.jpg](https://www.setopati.com/uploads/posts/pani-(8)-1716444178.jpg)
![pani-(3)-1716444177.jpg](https://www.setopati.com/uploads/posts/pani-(3)-1716444177.jpg)
![pani-(4)-1716444177.jpg](https://www.setopati.com/uploads/posts/pani-(4)-1716444177.jpg)
![pani-(2)-1716444176.jpg](https://www.setopati.com/uploads/posts/pani-(2)-1716444176.jpg)
![pani-(1)-1716444176.jpg](https://www.setopati.com/uploads/posts/pani-(1)-1716444176.jpg)
![pani-(8)-1716444178.jpg](https://www.setopati.com/uploads/posts/pani-(8)-1716444178.jpg)