नेपाल खेलकुद महासंघले आज बृहत रक्तदान कार्यक्रम गरेको छ।
महासंघको उपत्यका विशेष प्रदेश कमिटीले राष्ट्रिय खेलकुद परिषद् परिसरमा आयोजना गरेको कार्यक्रममा १ सय ११ जनाले रक्तदान गरेको महासंघ उपत्यका विशेष प्रदेश कमिटीका सह-इन्चार्ज रुमेश कटवालले जानकारी दिए।
यस्तै, महासंघका इन्चार्ज हिलारी बोहराका अनुसार रक्तदानका लागु दुई सय बढीले फर्म भरेको भए पनि विविध कारणले सबैले रक्तदान गर्न नपाएको महासंघले ३१ औं मदन-आश्रित स्मृति यो कार्यक्रम गरेको हो।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी र राष्ट्रिय खेलकुद परिषद, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको सहकार्यमा गरिएको हो।