तनहुँमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
आइतबार बिहान पौने ४ बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ सत्रसय स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको कार दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिआर ०६ डिएच ८२८१ नम्बरको कार अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको हो।
दुर्घटनामा घाइते भारत विहार मजसापुर थानाकोटी बस्ने २३ वर्षीय सचेन्द्र कुमारको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, सोही ठाउँका २३ वर्षीय आनन्द कुमार, ३० वर्षीय राजेश कुमार र २५ वर्षीय सुमित कुमार पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ।
२४ वर्षीय राज कुमारको उपचार पछि डिस्चार्ज भइसकेको छ।