काभ्रेको साँगानजिकै सात वटा सवारीसाधनहरू ठोक्किँदा दुई जना घाइते भएका छन्।
बुधबार अपराह्न पौने ४ बजे बनेपा नगरपालिका वडा नम्बर १३ स्थित सडकखण्डमा साँगाको पुतली रिसोर्ट अगाडि सात वटा सवारीसाधन दुर्घटनामा परेका हुन्।
दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
बा.६३ प ७ नम्बरको मोटरसाइकल चालक पनौती-२ बस्ने ४८ वर्षीय प्रकाश सापकोटा र बा प्र- ०२-०४४ प ०५७३ नम्बरको स्कुटर चालक बनेपा-५ की १८ वर्षीया देविना कर्मचार्य घाइते छन्।
उनीहरूलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको छ।
डिएसपी श्रेष्ठका अनुसार बा.प्र.-०१००३ क ९९४५ नं. को तेल बोकेको ट्यांकर रोकिरहेको थियो। त्यस पछाडि स्कुटर र बाइक थिए। बा. ७ च ४५३७ नम्बरको कार सोही ट्यांकरमा ठोक्किन पुगेको थियो।
कार पछाडि बा.प्र.-०१-०२६ च ९२३९ नम्बरको गाडी ठोक्किएको हो। त्यस्तै पुन: बिएसीओ १२३ नम्बरको अर्को कार त्यस गाडी पछाडि ठोक्किन पुगेको थियो। अन्तमा त्यस कार पछाडि ना.७ ख ५४१ नम्बरको मालबाहक ट्रक ठोक्किएको थियो।
रोकिराखेको ट्यांकर र मालबाहक ट्रकबाहेक सबै सवारीसाधनमा क्षति पुगेको कार्यालयले जनाएको छ।

-1716984407.jpeg)

