सिन्धुलीकाे गाेलन्जाेरमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।
बिहीबार सिन्धुलीकाे गाेलन्जाेर गाउँपालिका-७ तल्लाे बाराहास्थित बस दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए।
उनका अनुसार बसमा ग्लोबल आइएमई बैंकका कर्मचारीहरू सवार थिए।
'बसमा सबै बैंकका कर्मचारीहरू थिए,' उनले भने, 'बर्दिबासमा कार्यक्रम गरी फर्किंदा विपरीत दिशाबाट आएको स्कुटरलाई जोगाउन खोज्दा दुर्घटना भएको रहेछ।'
घाइतेको सुनकोसी सामुदायिक अस्पताल र शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको उनले बताए। बसमा २८ जना सवार थिए।