दाङमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ। अटो चालक घाइते छन्।
जिल्लाको बबई गाउँपालिका– ४ का ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय सागर केसीको उपचारका क्रममा बाँकेमा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार केसीको गएराति ९ बजेतिर र भण्डारीको राति पौने ११ बजेतिर बाँकेको नेपालगञ्जस्थित नर्सिङ कलेजमा मृत्यु भएको हो।
यो दुर्घटनामा अटो चालक शान्तिनगर– ७ खैरेनीका ४३ वर्षीय रूद्रबहादुर थापा घाइते भएका भएका छन्। डिएसपी पोखरेलका अनुसार उनको पनि बाँकेमा उपचार जारी छ। उनको छाती र टाउकामा चोट छ।
बिहीबार दिउँसो करिब ४ बजेतिर तुलसीपुरबाट पश्चित तर्फ जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल र बिपरीत दिशाबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो तुलसीपुर– २ कुमलगडीमा आपसमा ठोक्किएका थिए।
दुवै सवारी साधन तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।