दाङको बंगलाचुलीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।अर्का घाइते छन्।
स्थानीय जुम्लेपानी पुरुङ छेडा सडक खण्ड अन्तर्गत मौवालेक नजिकै रा ३ प ५७९१ मोटरसाइकल दुर्घटनामा परी बंगलाचुली गाउँपालिका – ४ का ३२ वर्षीय खेतुलाल नेपालीको मृत्यु भएको छ।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक बंगलाचुली– ३ का अन्दाजी ३८ वर्षीय चेतप्रसाद डाँगी घाइते भएका छन्। उनको अवस्थापनि गम्भीर रहेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले घाइते डाँगीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जानकारी दिए ।
साँघुरो र अप्ठ्यारो बाटोमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ। घटनाबारे प्रहरलाई बिहान साढे ९ बजे खबर आएको डिएसपी मल्लले बताए।
मोटरसाइकल सडकदेखि करिब सय मिटर तल खसेको थियो।