दैलेखमा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान १०:३४ मा भूकम्पको धक्का महसुस भएको हो।
दैलेखलाई केन्द्र बिन्दु बनाएर ४.१ म्याग्नेच्युडको भूकम्प मापन भएको केन्द्रले जनाएको छ।
यसअघि सोमबार राति नै लम्जुङको तान्जे गाउँ केन्द्रबिन्दु बनाएर ३.७ म्याग्नेच्युडको भूकम्प गएको थियो।