दार्चुलाबाट धनगढी आउँदै गरेकाे जिप डाेटीमा दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ।
बुधबार बिहान सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप बुडर नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा परेर तीन वर्षीया रितिका सार्कीको मृत्यु भएको छ भने अर्का मृतकको पहिचान खुल्न बाँकी छ।
यस्तै दुर्घटनामा ८ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायव निरीक्षक धनञ्जयकुमार मल्लका अनुसार घाइतेहरूको उद्धार गरेर निसर्ग अस्पताल धनगढी लगिएको छ। उनीहरूको उपचार जारी छ।