स्याङ्जामा रूखबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ।
बुधबार बिहान अन्दाजी ७ बजे चापाकोट नगरपालिका-७ साँखर बस्ने ३५ वर्षीय सृजना ढकाल रूखबाट लडेकी थिइन्।
आफ्नै बारीमा रहेको पिपलको रूखमा चढेर घाँस काट्ने क्रममा लडेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।
घाइते ढकाललाई उपचारको लागि रामपुर अस्पताल पाल्पा लगिएको थियो।
उपचारको क्रममा चिकित्सकले बिहान साढे ९ बजे उनलाई मृत घोषणा गरेको थियो।