काठमाडौंमा इनारमा खसेर एक जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित भिष्म उप्रेतीको घरको पछाडि भागमा रहेको इनारमा डुबेर ललितपुर बागडोल बस्ने भोजपुर घर भएका ४० वर्षीय गोपाल महतको बिहीबार दिउँसो मृत्यु भएको छ।
इनार सफा गर्ने क्रममा महत सोही ईनारमा खसेका थिए।
उक्त खबरपछि प्रहरी वृत्त बानेश्वर र विपद व्यवस्थापन महाशाखाबाट खटिएको टोलीले उनलाई उद्धार गरी अस्पतालमा पठाइएको थियो।
राष्ट्रिय ट्रमा सेन्टरमा उनको उपचारको क्रममा मृत्यु भएको हो।