ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका दम्पतिको मृत्यु भएको छ।
शुक्रबार राति करिब ८:३० बजे जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरी बस्ने दम्पती अर्ध बेहोस भेटिएका थिए।
अर्धबेहोस भेटिएको २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती रेनुलाई पाटन अस्पताल लगिएको थियो।
त्यहाँ उपचारका क्रममा राति ९:३० बजे दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
उनीहरूको मृत्यु के कारणले भएको खुलिसकेको छैन।
शव पोस्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।