सिन्धुलीको सुनकोशी नदीमा एक जना पुरूष बेपत्ता भएका छन्।
शुक्रबार राति करिब १० बजे गोलोन्जर गाउँपालिका-७ खुर्कोट बजारबाट रामेछाप जाने सुनकोशी नदीमा एक जना पुरूष बेपत्ता भएका हुन्।
नदीको पुलमाथिबाट हामफालेको भन्ने खबर प्रहरीले पाएको थियो। प्रहरीले घटनास्थलबाट एउटा मोबाइल फेला पारेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बेपत्ता भएका पुरूष काठमाडौं महानगर-६ बस्ने ५६ वर्षीय विष्णुप्रसाद संग्रौला रहेको खुलेको छ।
प्रहरीले आफन्तलाई खबर गरिसकेको छ।
इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा खोजी जारी छ। त्यस्तै राफ्टिङ टोलीले पनि खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।