कोशी प्रदेश सरकारले असार २ गते धिमाल जातिका लागि बिदा दिने निर्णय गरेको छ।
शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले धिमाल जातिको प्रमुख पर्व जातिरी/सिरिजातको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री लिालबल्लभ अधिकारीले प्रदेशमा रहेका धिमाल जातिका लागि आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए।
यस्तै बैठकले प्रदेश योजना आयोगले तयार पारेको प्रदेशको दोस्रो आवधिक योजना (२०८१/०८२–२०८५/०८६ ) परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ।
अधिकारीले प्रदेश आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ तथा आगामी वर्ष २०८१/०८२ का् बजेट वक्तव्य प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए।
प्रदेश सरकारलले आज दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा बजेट सार्वजनिक गर्दैछ।
यस्तै प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ।
अविरल वर्षासँगै आएको पहिरोमा परी शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको थियो।