शब्द, दृश्य, चित्र र उत्पादनद्धारा संघीय राजधानीसँग कर्णाली जोड्ने भन्दै काठमाडौंको नयाँ बानेश्वरमा ‘कनेक्टिङ कर्णाली’ अभियान सुरू भएको छ।
मनघरी फाउण्डेशनको अगुवाइमा सुरू भएको अभियान १० महिना सम्म जारी रहने आयोजक एवं ‘कनेक्टिङ कर्णाली’का परिकल्पनकार भरतबन्धु थापाले बताए।
कर्णालीमा १० जिल्ला छ, १० महिनासम्म चल्ने अभियान प्रत्येक महिनमा पहिलो शनिबार देखि तीन दिन सम्म चल्नेछ।
अभियानको सुरूवात स्वरुप खस कला, संस्कृति र सम्पदाको खानीको रुपमा रहेको दैलेखबाट सुरुआत गरिएको छ।
सोमबारसम्म जारी रहने प्रदर्शनीमा ३२ वटा फोटो तथा ५ वटा भिडिओको प्रदर्शन गरिएको छ। साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा,राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई प्रदर्शनीमा राखिएको छ।
प्रदर्शनीमा राखिएका तस्बिरहरू अधिकांश आयोजक र विशाल सुनारले कैद गरेका हुन् भने एउटा तस्बिर हरिहरसिँह राठौरले कैद गरेका हुन्।
भिडिओहरूमा दैलेखको संस्कृति, सम्पदा, प्रकृति, सावर र पेट्रोलियम पदार्थ अन्वेषणसँग सम्बन्धित भिडिओहरू राखिएको छ।
तस्बिरहरू:
भैरवी गाँउपालिका-१ रावतकोटको यो मन्दिर शिरस्थान खोलाको नजीकै बलिरहेको ज्वाला।
दुल्लु नगरपालिका-१० गमौडीको नाभिस्थान खोला नजिकै रहेको मन्दिर।
दुल्लु नगरपालिका-८ बडलम्जीमा १३औं शताब्दीमा निर्माण गरिएको धुलेश्वर मन्दिर परिसरमा भक्तजनहरू।

-1718528752.jpg)





महाबु गाउँपालिकाको रानी झरना।
रोपाइँ गर्नुअघि पञ्चेबाजा बजाउँदै किसान।
गुराँस गाउँपालिकाको गुराँसेबाट देखिएको सैपाल हिमश्रृंखला।
दुल्लु-१० पादुकमा रहेको १४औं शताब्दीका मूर्तिहरू।
दल्लु-१ नाउले कटुवालस्थित कर्णाली राजमार्गसँग जोडिएको सिद्धेश्वर महादेव।