करिब ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गएराति काठमाडौंको कपनबाट चिनियाँ नागरिकलाई सुन र नगदसहित पक्राउ गरेको हो।
बरामद गरिएको सुन अन्दाजी ६ किलो रहेको र नापजाँच बाँकी नै रहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।
सुनको नापजाँच बाँकी रहेकाले सिआइबीले सुन र पक्राउ परेका व्यक्तिबारे तत्काल केही खुलाएको छैन।