कैलालीमा गर्मीका कारण जनजीवन कष्टकर बन्न थालेपछि त्यसको प्रभावबाट बालबालिकालाई बचाउन धनगढी उपमहानगरपालिकाले थप तीन दिन बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाले एक सूचना जारी गर्दै असार ५ देखि ७ गतेसम्म सबै विद्यालयलाई वर्षे बिदाबाट काटिने गरी तीन दिन बिदा दिन भनेको हो।
जारी सूचनामा हाल बढ्दै गएको अत्यधिक गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदाको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
यसअघि पनि जेठ १८ देखि २४ गतेसम्म विद्यालयमा बिदा दिइएको थियो।