अछाममा पोलबाट चुँडिएर भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
मंगलबार तुर्माखाँद गाउँपालिका-६ रानीवनका अन्दाजी १५ वर्षीय विमल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अछामका डिएसपी सन्तोष पाठकले जानकारी दिए।
उनका अनुसार तुर्माखाँद गाउँपालिका-७ बासकाडाँमा बिजुलीको तार जमिनमा खसेको थियो।
'करेन्ट प्रवाह भइरहेको तार अञ्जानमा छुन पुगेपछि करेन्ट लागेको रहेछ,' उनले भने, 'करेन्ट लागेर बिमलको घटनास्थलमै ज्यान गएको हो।'
उनीसँगै हिँडिरहेका अर्का १४ वर्षीय बालक झंकर विक भने घाइते भएको डिएसपी पाठकले बताए। उनको जिल्ला अस्पताल मंगैलसेनमा उपचार भइरहेको जनाइएको छ।