राप्ती राजमार्ग अन्तरगत तुलसीपुर–अमेलिया सडक खण्डमा एक हप्ता मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर तर्फको भञ्ज्याङ–बबई खण्डमा सडक कालोपत्रे भइरहेको हुँदा चार पांग्रे बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको स्थानीय प्रशासनले सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ।
'असार ११ गतेदेखि असार १७ गतेसम्म ठूला मालबाहक साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ,' सूचनामा भनिएको छ।
यसअघि पनि स्थानीय प्रशासनले सडकको काम गर्दा तीन दिन यस सडक खण्ड पूर्ण बन्द गरेको थियो।
मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको भएपनि सडक खण्डमा साना र हलुका चार पांग्रे सवारी साधानहरू जस्तै बस, माइक्रो, मिनी बस, मिनी ट्रक, जिप, कार, मोटरसाइकल सञ्चालन गर्न दिइएको छ।
ती बाहेक ठूला मालबाहक सवारी साधनले अबदेखि असार १७ गतेसम्म तुलसीपुरबाट घोराही हुँदै लमही पुगेर मात्रै पूर्व पश्चिम राजमार्गको यात्रा गर्न पाउने छन्।