दाङको तुलसीपुरमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ।
सर्पले टोकेर तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारू चौधरीको मंगलबार बेलुकी ८ बजेतिर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार चौधरीलाई आफ्नै बारीमा घाँस काट्न गएको समयमा दिउँसो साढे ३ बजेतिर पहिचान नभएको सर्पले बायाँ हातमा डसेको थियो।
सर्पले टोकेपछि चौधरीलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आफन्तले पुर्याएका थिए।
चिकित्सकले जाँच गर्नासाथ उनलाई मृत घोषणा गरेका थिए।