चट्याङले कैलालीमा दुई जनाको मृत्यु भएको छ।
बुधबार बिहान खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको मृत्यु भएको हो।
घाइते भएका उनलाई उपचारका लागि नजिकैको मेडिकलमा लगे पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का २७ वर्षाीय सालीन चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ।
खेतमा काम गरिरहेका उनलाई चट्याङ लागेको थियो।
उनको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए।