काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।
कार चालकलाई बिहान साढे पाँच बजे कारबाट उद्धार गरी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो।
मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०/५० वर्षका पूर्ण दर्नाल छन्।
अहिले कार कलभर्टबाट निकालिसकिएको छ।