ललितपुर महानगरपालिकाले चापागाउँ दोबाटो मोडस्थित चारवटा अनधिकृत टहरामा डोजर चलाएको छ।
बिहीबार नगर प्रहरी बलले उक्त संरचनामाथि डोजर चलाएको नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथूले जानकारी दिए।
उनका अनुसार उक्त स्थानमा वर्षौंदेखि बसोबास हुँदै आएको थियो। तर चक्रपथ विस्तार हुँदा अन्य ठाउँ खाली गरेता पनि उक्त ठाउँ खाली गर्न सकिएको थिएन।
'वर्षौंदेखि त्यहाँ मानिसहरू बसोबास गर्दै आएका थिए,' उनले भने, 'तर पछिल्लो समय चक्रपथ विस्तार गर्दा समेत उक्त बस्ती नहटेपछि आज डोजर लगाएर भत्काएका हौं।'
यस्तै, उक्त स्थान खाली गर्न विभिन्न समयमा पत्राचार गर्दा पनि नहटेपछि डोजर चलाएको उनको भनाइ छ।
तस्बिरहरूः
-ink-1722494266.jpeg)
-ink-1722494266.jpeg)
-ink-1722494266.jpeg)
-ink-1722494266.jpeg)
-ink-1722494267.jpeg)
-ink-1722494267.jpeg)
-ink-1722494267.jpeg)
-ink-1722494267.jpeg)
-ink-1722494268.jpeg)
-ink-1722494268.jpeg)
-ink-1722494268.jpeg)
-ink-1722494269.jpeg)
-ink-1722494269.jpeg)
-ink-1722494269.jpeg)
-ink-1722494270.jpeg)
-ink-1722494270.jpeg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी