रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जावलाखेल लगिएको छ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ।
जावलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ।
गत वर्षको जात्रा ३५ दिनमा सकिए पनि यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुने मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले जानकारी दिए।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।
यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरू भएको हो। रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ। जावलाखेल पुर्याएको चार दिनपछि राष्ट्र प्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ।
तस्बिर:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी