काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
गएराति काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित सडकमा बागमती प्रदेश ०२-०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी चालक मुगु घर भएका २८ वर्षीय मन्दीप मल्लको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।