रोल्पामा पहिरोमा घरसँगै पुरिँदै बेपत्ता रहेका नातिनी-बज्यै, नातिनी दुवै जनाको शव भेटिएको छ।
सिउरी पहिरोमा परेका मध्ये झन्डै ७० वर्षीया बज्यै बसुना सुनारको शव शनिबार बिहान पहिला फेला परेको हो।
पहिरो पन्छाउने क्रममा नातिनी मायाको शव पनि फेला परेको रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले बताए।
पहिरोले पुरेको अवस्थामा ४ वर्षीया माया सुनारको शवपनि फेला परेको हो।
जिल्लाको सुनछहरी गाउँपालिका– ४ कामी डाँडामा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुर्दा उनकी आमा र छोरी बेपत्ता भएका थिए।
शुक्रबार राति माथिबाट झरेको पहिरोका कारण देउसिंहको एक तले कच्ची घर पुरिएको थियो।
घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए ।
सूचना पाउनासाथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएको थियो।
शनिबार बिहान घटनास्थलमा इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा थप प्रहरी खटाइएको थियो।
घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए। सूचना पाउना साथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएका थिए।
शुक्रबार देउसिंह र उनकी श्रीमती भने घरमा थिएनन् । उनीहरू कामको शिलशिलामा बाहिर रहेका कारण जोगिएको प्रहरीले जनाएको छ।