बझाङमा बुंगलमा घाँस काट्ने क्रममाभीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बुंङ्गल नगरपालिका -१ की भिरगडाकी ३५ वर्षिया चन्नादेवी बोहरा रहेकी छिन्।
प्रहरीका अनुसार शनिबार बिहान १० बजे पारिमेला भीरमा घाँस काट्ने क्रममा चन्नादेवी भीरबाट लडेकी थिइन्।
उपचारका लागि अस्पताल लैजादै क्रममा बाटोमा उनको मृत्यु भएको बझाङका डिएसपी भरत शाहले जानकारी दिए।