कोशी प्रदेशको राजधानी सहर विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान भएको छ।
विराटनगरको बरगाछी चोकमा जडित ट्राफिक लाइट सोमबारदेखि सञ्चालनमा आएको छ।
कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश सरकारको २३ लाख लागतमा यो लाइट जडान भएको हो। आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले यसको औपचारिक उद्घाटन गरेर सञ्चालन भएको हो।
मन्त्री अधिकारीका अनुसार विराटनगरसहित उदयपुरको गाईघाटमा पनि ट्राफिक लाइट जडान भएको छ।
आन्तरिक मामिला मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाका अनुसार सडक सुरक्षामा ध्यान दिन र ट्राफिक नियमबारे सचेतना गराउनका लागि प्रशिक्षण र जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ।