राप्रपा नेता एवं प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंहले एक वर्षको तलब बराबरको रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई दिएका छन्।
सांसद सिंहले निर्वाचित भएपछि आफूले प्राप्त गर्ने एक वर्षको तलब बराबरको रकम अस्पताललाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धता अनुरूप आज हेटौंडामा एक कार्यक्रम गरी उक्त रकम नेत्र विशेषज्ञ डा. सन्दुक रूइतमार्फत हेटौंडा सामुदायिक आँखा अस्पताललाई दिएका हुन्।
सिंहले ९ लाख १९ हजार ९९९ रुपैयाँ आँखा अस्पताललाई दिएका छन्।