हुम्लामा मुख धुनेक्रममा खोलाले बगाएका वृद्धको उद्धार भएको छ।
चंखेली गाउँपालिका-४ लोती खोलामा वडा नम्बर २ दार्माका ६६ वर्षीय धर्मबहादुर शाहीलाई बगाएको नेपाल प्रहरीले जनाएको छ।
मुख धुनेक्रममा खोलाले उनलाई बगाएको हो।
अन्दाजी १० मिटर तल पुग्दा प्रहरीले देखेर तत्काल उद्धार गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उद्धार गरिएका वृद्धको सामान्य उपचार गरिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको छ।