पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
बुधबार बिहान साढे ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दीखोलामा पहिरो खस्दा अवरूद्ध भएको सडक बिहान साढे ११ बजेपछि एकतर्फी सञ्चालनमा आएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको जानकारी दिए।
उनले एकाध घन्टामा सडक दुइतर्फी नै सञ्चालनमा आउने जानकारी दिए।
‘भित्तातिरको पहिरो पन्छाउन बाँकी छ दुइतर्फी नै सञ्चालनमा आउन धेरै समय लाग्दैन,’ उनले भने।
सडक एकतर्फी भएपछि बिहान देखि रोकिएका सवारी साधनलाई पार गराइएको छ।