वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रूइत बिहीबार विराटनगरमा सम्मानित भएका छन्।
पूर्वप्रधानमन्त्री पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल तथा उनकी पत्नी आशालता रिजालको स्मृतिमा परिवारजनले स्थापना गरेको ‘नगेन्द्रप्रसाद–आशालता रिजाल ज्ञानविज्ञान पुरस्कार’ बाट उनी सम्मानित भएका हुन्।
नगेन्द्रप्रसाद–आशालता रिजाल शिक्षा पुरस्कार शंकराचार्य पीठवेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई प्रदान गरिएको छ।
बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्ग, प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल लगायतले सो पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशी जनही एक लाख रुयैयाँ छ।