सिन्धुपाल्चोकमा धेरै भारी वर्षा मापन भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको मेलम्ची, तार्के आसपास पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको हो।
चौबिस घन्टामा मेलम्चीमा मेलम्चीमा १४८.२ मिलिमिटर, तार्केमा १४४.८ मिलिमिटर, भोटाङमा ११४.८ मिलिमिटर, मानेखर्कमा १०७.६ मिलिमिटर र गोब्रेमा १०५.४ मिलिमिटर वर्षा मापन भएको छ।
सिन्धुपाल्चककै अन्य भूभाग र पूर्वमा झापादेखि पश्चिममा दैलेखसम्म विभिन्न स्थानहरूमा भारी वर्षा मापन भएको छ।
सिन्धुपाल्चोकको चन्द्रकु ७६.४ मिलिमिटर, धापमा ५९.४ मिलिलिटर, ढुंगेमा ९०.८ मिलिमिटर वर्षा मापन भएको छ।
झापाको चन्द्रगढीमा पछिल्लो चौबिस घन्टामा ५५.६ मिलिमिटर र गौरादहमा ५०.४ मिलिमिटर वर्षा मापन भएको छ।
ललितपुरको लेलेमा ६८ मिलिमिटर, गोदावरीमा ४८.४ मिलिमिटर, नुवाकोटको ककनीमा ४२ मिलिमिटर, गोरखाको बारपाकमा ६९.६ मिलमिटर, लमजुङको घरेढुंगामा ८८.८ मिलिमिटर, कास्कीको सिकलेसमा ५५.४ मिलमिटर, रोल्पाको लिवाङमा ५१.८ मिलमिटर र दैलेखमा ६४.२ मिलिमिटर वर्षा मापन भएको छ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
शुक्रबार दिउँसो सातै प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।