काठमाडौंको सुन्दरीजल भूमिस्थलको एक कारखानामा आगलागी भएको छ।
शुक्रबार अपराह्न साढे ४ बजे गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल भूमिस्थलीस्थित मनकामना ऊन कारखानामा आगलागी भएको हो।
ओखलढुंगा लिखु गाउँफालिका-४ घर भएका ५९ वर्षीय बुद्धिबहादुर कार्कीले उक्त कारखाना संचालन गर्दै आएका थिए।
उक्त आगलागी नियन्त्रणमा लिन ५० जना प्रहरी, २५ जना नेपाली सेनाको टोली खटिएका छन्।
दमकल र पानी ट्यांकरले आगो निभाउने प्रयास गरिरहेका छन्। आगो कसरी लागेको भन्ने खुलिसकेको छैन।