दाङको तुलसीपुरबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ४ सुनवलपुरका ३६ वर्षीय टंककुमार सिजाली र २९ वर्षीय युवराज गिरी छन्।
गएराति झन्डै १२ बजेतिर प्रहरीले तुलसीपुर – ४ ठूलाखाली क्षेत्रमा गस्ती गर्ने क्रममा स्थानीय गादीबरा सामुदायिक वनमा उनीहरुलाई फेला पारेको थियो।
शंकाष्पद अवस्थामा फेला परेका उनीहरुको खानतलासी गर्ने क्रममा एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने २१ व्टा छर्रा बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।
उनीहरु चोरी शिकारी गर्न निस्केको आशंका प्रहरीले गरेको छ।
पक्राउ परेका उनीहरुलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान गरिरेहेको छ।