झापामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
अर्जुनधारा नगरपालिका-७ मिलडाँडा बस्ने इन्दिरा अधिकारीको किराना पसलमा ताला फुटाएर चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
चोरी आरोपमा अर्जुनधारा नगरपालिका-४ बस्ने १९ वर्षीय आदित्य लिम्बु, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ पक्राउ परेका हुन्।
उनीहरूले गत शुक्रबार राति अधिकारीको पसलको ताला फोडेर चोरी गरेको आरोप छ। यसरी चोरी गरेको सूचना पाएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
उनीहरूबाट एउटा भरूवा बन्दुक, खुकुरी, रिचार्ज कार्ड, चाँदीका सिक्री, पाउजु लगायत बरामद भएका छन्।
उनीहरूमाथि इलाका प्रहरी कार्यालय अनारमी झापाबाट थप अनुसन्धान भइरहेको छ।