झापामा एक जना पुरूष पेस्तोलसहित पक्राउ परेका छन्।
सोमबार बिहान पौने ४ बजे दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
पक्राउ पर्नेमा दमक नगरपालिका-८ बस्ने ३६ वर्षीय संजिव गजमेर छन्।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले को ३८ प ५६४९ नम्बरको स्कुटर रोकेर जाँच गरेको थियो।
जाँच गर्नेक्रममा स्कुटरमा प्रहरीले एउटा पेस्तोल बरामद गरेको हो। पक्राउ परेका गजमेरबाट दुई वटा म्याजिन पनि बरामद भएको छ।
उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।