मधेस प्रदेश सरकारविरूद्ध जनता समाजवादी पार्टी (जसपा) का युवा र विद्यार्थी संगठनले सिटी जुलुस निकालेका छन्।
संघीयतालाई बदनाम गराउने षड्यन्त्र स्वरूप प्रदेश सरकारले २० सदस्यीय मन्त्रिपरिषद् गठनविरूद्ध उनीहरूले प्रदर्शन गरेका हुन्।
निषेधित क्षेत्र तोड्दै जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
यस्तै, उनीहरूले मन्त्रिपरिषद् विघटनको माग समेत राखेका छन्।
निषेधित क्षेत्र तोड्ने क्रममा जसपा नेपालका युवा, विद्यार्थी र सुरक्षाकर्मीबीच सामान्य झडप समेत भएको छ। मुख्यमन्त्री सतिश सिंहले जम्बो मन्त्रिपरिषद् विस्तार गरेको विरोधमा यसअघि जसपाले जनकपुरमा कुर्सी जुलुस निकालेको थियो।