डेंगी र हैजा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं उपत्यका मेयर्स फोरमबीच छलफल भएको छ।
बिहीबार मन्त्रालयमा भएको बैठकमा मन्त्री प्रदीप पौडेलसहित विभागका सम्बन्धित निकायहरू र काठमाडौं उपत्यका मेयर्स फोरमबीच छलफल भएको हो।
डेंगी र हैजा नियन्त्रणका लागि तीनै तहका सरकार तथा सम्बन्धित निकायहरू बीचमा आवश्यक सहकार्य गर्ने विषयमा छलफल भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
बैठकमा डेंगी नियन्त्रण, निदान र उपचारका लागि अन्तर निकाय वीचमा बिद्यमान दोहोरोपन हटाएर आवश्यक सहकार्य गर्ने तथा खोज र नष्ट गर अभियान र जनचेतना अभिवृद्धि अभियानलाई देशैभरि सञ्चालन गर्नेबारे छलफल भएको छ।