निर्माणाधीन घरको छतबाट खसेर काठमाडौंको चन्द्रागिरिमा एक कामदारको मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरमा रंग लगाउने क्रममा नुवाकोट पञ्चकन्या गाउँपालिका-१ का ४१ वर्षीय अर्णबहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार चन्द्रागिरि-१५ स्थित एक निर्माणाधीन घरमा रंग लगाउने क्रममा दोस्रो तलाको छतबाट खसेर अर्णबहादुर घाइते भएका थिए।
'छतबाट खस्नासाथ उपचारका लागि कलंकीस्थित सहिद अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए,’ उनले भने।
मृतक थापा मगरकाे शव पाेष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएकाे प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।