सप्तरीको कञ्चनरूप नगरपालिका- १० स्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार डिजल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी हरिनगरा गाउँपालिका–३ का ४१ वर्षीय महेशकुमार मेहता र ४२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिए।
उनका अनुसार सप्तरीको कञ्चनरूपबाट भारदहतर्फ आइरहेको ट्यांकरले सोही दिशातिर गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
'महेशको घटनास्थलमै र जयप्रकाशको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो,' उनले भने, 'को १ ख ७४१४ नम्बरको डिजल बोक्ने ट्यांकरले प्र १–०२–०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाइकमा सवार दुई जनाको मृत्यु भएको हो।'