काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्ग सडकखण्ड एकतर्फी खुलेको छ।
शनिबार बिहान सुक्खा पहिरो जाँदा अवरूद्ध भएको बाटो एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
काभ्रेको पाँचखाल नगरपालिका-८ को ५३ किलो स्थित अरनिको राजमार्ग सडक खण्डमा शनिबार बिहान सुक्खा पहिरो गएको थियो। ढुंगा झरेर दुईतर्फी नै सडक अवरूद्ध भएको थियो।
प्रहरीले स्थानीय निकाय र सडक विभागसँग समन्वय गरी सडक खुलाउन पहल गरिरहेको छ।